साइबर ब्युरो रहेको भोटाहिटीकाे भवन महानगरलाई दिन गृह मन्त्रालयकाे सहमति
काठमाण्डाै – नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भोटाहिटीको भवन काठमाण्डौ महानगरपालिकालाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति प्रदान गरेको छ ।
ब्युरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ को कुल ४ आना, २ पैसा १ दाम भएको जग्गा र त्यो जग्गामा बनेको भवन काठमाण्डौ महानगरले प्रयोग गर्नेगरी गृह मन्त्रालयले सहमति प्रदान गरेको हो । त्यसको बदलामा रामशाहपथको उपत्यका ट्राफिक प्रहरी महाश...








