विभागद्वारा मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, बिचौलियाकै कारण तरकारीदेखि खाद्यवस्तुसमेतमा मूल्यवृद्धि
काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ। विभागले विभिन्न पाँचवटा कार्यालयमार्फत संकलित विवरण सार्वजनिक गरेको हो। गत पुसमा बजार मूल्यमा सामान्य उतारचढाव भएको विभागले उल्लेख गरेको छ।
आगामी दिनमा मूल्य स्थिरता कायम गरी सोहीअनुसारको विकल्पको विकास गर्न सरकारी संस्थानलाई सक्षम बनाउनुपर्ने, तरकारी, फलफूलगायत खाद्यान्न उत्पादन म...









