निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय निजी क्षेत्रमाथि आक्रमण गर्नेहरू कारबाहीमा पर्दैनन् कि भन्ने गम्भीर चिन्ता पैदा भएको बताउनुभएको छ ।
गोरखापत्र संस्थानले आज आयाेजना गरेकाे एक कार्यक्रममा बोल्दै ढकालले नवयुवा समूह र सरकारबीच भएको सम्झौताले तोडफोड, आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही नहुने हो कि भन्ने आशङ्का निजी क्षेत्रमा पैदा भएको बताउनुभएको हो ।...









