सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत

सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
विराटनगर — साउथ एसियन स्कूल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज, विराटनगरले बीबीए र बीएचएम कार्यक्रमका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्न आज कलेज परिसरमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न हो । कार्यक्रमका प्रमुख अतिथि डा.सन्देश दास श्रेष्ठले विद्यार्थीलाई अध्ययनमा अनुशासन, सीप विक...

खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था

खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ । शनिारको कार्यपालिका बैठकले नगरक्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो । नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी,करार र प्राविधिक समूहका प्रशिक्षक तथा स...

गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’
काठमाडौँ, मङ्सिर १९ गते । नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ । यसअघि स्थानीय तहलाई स्थानीय निकाय भन्ने गरिन्थ्यो । शब्दमा फरक भए पनि जिम्मेवारी भनेँ उस्तै छ । हिजोको स्थानीय निकायको क्षेत्र सानो थियो भनेँ आज त्यसको आकार बढेर ठुलो भएको छ । हिजोका गाउँ विकास समिति (गाविस) अहिले वडामा परिणत भएका छन् । त्यसैले पनि कसैकसैले आफू गाविस अध्यक्षसरह नै भएको भन्न पछि परेका छै...

वाल्मीकि स्काउट दलको दीक्षान्त सम्पन्न

वाल्मीकि स्काउट दलको दीक्षान्त सम्पन्न
पथरी शनिश्चरे, मंसिर १४ मोरङको पथरीशनिश्चरेस्थित वाल्मीकि माध्यमिक विद्यालयमा स्थापित वाल्मीकि स्काउट दलको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। स्काउट दलका ३२ जना विद्यार्थीहरू दीक्षित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे–२ का वडा अध्यक्ष नैना राई रहनुभयो। सो अवसरमा विद्यालयका निर्देशक नोवल किशोर खनाल, नेपाल स्काउट पथरी शनिश्चरे नगरपालिकाका प्रमुख आयुक्त रोशन बुढाथोकी, वि...

सास्थम कलेजद्वारा बीएचएम र बीबीए विद्यार्थीलाई बिदाई

सास्थम कलेजद्वारा बीएचएम र बीबीए विद्यार्थीलाई बिदाई
विराटनगर, । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले बीएचएम र बीबीए कार्यक्रमका विद्यार्थीलाई औपचारिक रुपमा बिदाई गरेको छ। कलेजले शुक्रबार एक विशेष समारोह आयोजना गरी बीएचएमका ५० र बीबीएका २५ विद्यार्थीलाई बिदाई गरेको क्याम्पस प्रमुख विनय केसीले जानकारी दिनुभयो। पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त सास्थम कलेजले स्नातक तहका बीएचएम र बीबीए तथा स्नातकोत्त...

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : प्रहरी महानिरीक्षक कार्की

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : प्रहरी महानिरीक्षक कार्की
काठमाण्डाै – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताउनुभएको छ । अपराध अनुसन्धान विभागको ७०औं स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अ...

मनमोहनका विद्यार्थीको नवप्रवर्तन : स्मार्ट हार्भेस्ट मेसिन र सोलार पोडवे सार्वजनिक

मनमोहनका विद्यार्थीको नवप्रवर्तन : स्मार्ट हार्भेस्ट मेसिन र सोलार पोडवे सार्वजनिक
कृष्ण पोखरेल, विराटनगर — कोशी प्रदेश सरकारअन्तर्गत रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीहरूले कृषि र स्मार्ट सिटी विकासमा उपयोगी हुने नवीन प्राविधिक उपकरणहरू निर्माण गरेका छन्। विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकमा तीन वर्षे डिप्लोमाको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूले आइतबार आफ्नो परियोजनाका उपकरणहरूको सार्वजनिक प्रदर्शन गरे। इलेक्ट्रिकल इन्जिनियरिङतर्फका विद्...

एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद

एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि आवेदन फाराम भर्ने प्रक्रिया सुरु गरेको छ। बोर्डका अनुसार शैक्षिक सत्र २०८२ मा कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थीहरूले कार्तिक १७ गतेदेखि मंसिर १६ गतेभित्र आवेदन फाराम भरी परीक्षा दस्तुरसहित सम्बन्धित विद्यालयमा बुझाउनुपर्ने छ। विद्यार्थीले प्रति व...

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर सार्वजनिक

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर सार्वजनिक
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि शुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले स्नातक तहको चार वर्षे वार्षिक कार्यक्रम र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहका चार वटा सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको हो । ‘शैक्षिक क्यालेण्डर’मा भर्ना, प्रवेश परीक्षा, कक्षा सञ्चालन, परीक्षा फारम, परीक्षा, नतिजा प्रकाशन लगायतको सम...

गीतकार सम्मान आरजुलाई

गीतकार सम्मान आरजुलाई
पोखरा, कार्तिक ११ गते । यस वर्षको गीतकार सम्मान आरजु विष्ट ‘सल्यानी’ लाई प्रदान गरिने भएको छ । गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसर पारेर कार्तिक १५ गते शनिवार पोखरामा गीतकार सल्यानीलाई ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित गीतकार सम्मान २०८२ प्रदान गर्ने भएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ ...