काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई सुर्खेतबाट पक्राउ गरेको हो।

पार्टीको प्रदेशस्तरीय कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। उनीमाथि सेयर कारोबार र सम्पत्तिको स्रोत शंकास्पद देखिएकाले सोही विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ।

हाल पौडेललाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको छ। 

तपाईको प्रतिक्रिया