फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
काठमाडौं । फिल्म ‘नाक्छोङ’ (विजुवा) हङकङमा प्रदर्शन हुने भएको छ । किरात राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्यमान्यतामा आधारित नेपाली फिल्म अप्रिल ५ मा हङकङमा प्रदर्शन हुने भएको हो । किरात राई यायोक्खा हङकङको मुख्य आयोजना र यस संस्थासँग आबद्ध ८ वटा भाषिक संस्थाहरूको सह–आयोजनामा फिल्म प्रदर्शनी हुन लागेको हो ।
आजको बदलिँदो परिस्थितिमा किराती युवापुस्ता आफ्नो सांस्कृतिक जराबाट विचलित हुँदै...









