डिजेल र मट्टितेल प्रतिलिटर चार रुपैयाँले घट्यो : पेट्रोलमा दुई रुपैयाँ बढ्यो
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने बढेको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।
मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जका लागि प्रतिलिटर १ सय ३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङका लागि १ सय ४१ रुपैयाँ र तेस्रो वर्ग काठमाडौँ, प...









