विराटनगर, २५ भदौ
मनोविज्ञ तथा मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्टार डा किशोर अधिकारीले कानुन पढने विद्यार्थी न्यायको नेतृत्वकर्ताभएकोले आफनो आचारण व्यवहायीक बनाउन जोड दिनुपर्ने बताएका छन ।
मनमोहन कानुन अध्यन केन्द्रको तेस्रो बर्षका प्रथम सेमेष्टरका विद्यार्थीहरुलाई विहिवार विराटनगरमा अभिमुखकरण गर्दै मनोविज्ञ डा अधिकारीले कानुन धेरै पढेर मात्र सफल व्यावसायीक लयर्स बन्न सकिदैन भन्दै विद्यार्थी कालदेखी नै आफनो व्यवहार परिवर्तमा चासो दिन आग्रह गरे । विद्यार्थीहरुलाई उत्प्रेरणा दिदै रजिष्टार डा अधिकारीले भने , ‘मनमोहन विश्वविद्यालयमा कानुन पढने विद्यार्थी न्यायको नेतृत्वकर्ता पनि हो यसैले आफनो आचारण व्यवहायीक बनाउन जोड दिनैपर्छ ।’
मनोपरामर्श चिकित्सा विज्ञ डा अधिकारीले विश्वमा सफल कानुन व्यवसायीहरुको हैसियत सम्मानपुर्ण रहेको तर त्यसका लागि कानुन पढने विद्यार्थीहरुलाई आफनो सही निर्णय लिने क्षमता, मानविय अभिरुची र व्यवसायी आचारण असल बनाउन सक्नुपर्छ भने । रजिष्टार डा अधिकारीले मनमोहन विश्वविद्यालयले सधै विद्यार्थीलाई नै पहिलो प्राथमिकता दिएर शैक्षिक कार्यक्रम र आफना गतिविधि सञ्चालन गरिरहेकोले चाँडै दक्षिण एसियाको मानचित्रमा मनमोहन विश्वविद्यालय चिनिन सफल हुने दावी गरे ।
प्रमुख उत्प्रेरक वक्त्ता भारत पश्चिम बंगाल स्थित कुचविहारको ईण्डियन ईन्स्टिच्युट अफ लिगल स्टडिजकी प्रमुख कानुन विज्ञ डा जयती खर्गाले कानुनी शिक्षा केवल कानुनका धारा र सिद्धान्तमा सीमित नभई न्याय, नैतिकता र सामाजिक जिम्मेवारीसँग जोडिनुपर्नेमा जोड दिइन । उनका अनुसार भविष्यका सफल कानुन व्यवसायीमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक दक्षता, आलोचनात्मक सोच र सामाजिक न्यायप्रतिको प्रतिबद्धतासमेत आवश्यक हुनुपर्ने बताइन ।
कानुन र न्यायको सम्बन्ध अदालतमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले समाजका हरेक क्षेत्रमा समानता, मानव गरिमा र न्यायको संरक्षण आवश्यक छ भनिन । कानुनी शिक्षाले विद्यार्थीलाई केवल पेशागत रूपमा सक्षम बनाउने मात्र नभएर समाजमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवार नेतृत्वकर्ताका रूपमा पनि तयार गर्ने प्रस्टपारिन ।
कर्पोरेट सफल कानुन व्यवसायी उत्पादन गर्नै मनमोहन प्राविधिक विश्वविदालयको यात्रा सफल हुने दाबी गरिन । मनमोहन कानुन कलेजका विद्यार्थीहरुलाई विहिवार विराटनगरमा अभिमुखिकरण गर्दै डा खर्गाले कानुनको पढाईलाई विश्वमै उच्च प्राथमिकता दिइदै आएकोले विद्याथीृहरुले पढाईसँगै अध्यन अनुसन्धानमा पनि जोड दिदै जानु उनले आग्रह गरिन । ‘कानुनी शिक्षाको उद्देश्य केवल दक्ष वकिल उत्पादन गर्नु मात्र होइन, न्याय र सामाजिक कर्तव्यप्रति सचेत नागरिक तथा नेतृत्व निर्माण गर्नु पनि हो, ’डा. खर्गाले विद्यार्थीसँग भनिन ।
मनमोहन कानुन अध्यन केन्द्रका प्राचार्य कोषराज न्यौपानेले मनमोहन प्राविधिक विश्वविद्यालयले आफना कमकमजोरीहरु ढाकछोप नगर्ने बरु पारदर्शी बनाएर सुधार गर्दै जाने बताए । यसैका लागि विश्वविद्यालयले क्युआर प्रविधिबाट हरेक विद्यार्थी र अभिभावक वा अन्य जो कोहीले पनि उच्च स्तरसम्म शैक्षिक कार्यक्रम र अनुशासनका बारे गुनासो र सुझाव दर्ता गराउन सक्ने बताए ।
विश्विद्यालयका परिक्षा नियन्त्रण भिमप्रसाद काफलेले विद्यार्थीहरुलाई समयमै परिक्षा र परीक्षाफलको नीति लिएको मनमोहनले अनुशासनमा कुनै सम्झौता गर्न नसक्ने बताए ।
अभिभावक तुलसी नेपालले काठमाण्डौ पढाउन पठाउनुपर्ने आफना सन्तानलाई आफनै प्रदेशको कानुन कलेजमा पढाउन पाउँदा गर्व लागेको बताए । उनले विश्वविद्यालयको परिक्षाा प्रणाली र अध्यापन अध्पापन देशमै उत्कृष्ट भएको दाबी गरे ।
डअभिमुखिकरण कार्यक्रममा मनमोहन कानुन कलेजले विद्यार्थीहरुलाई सहुलिय र जेहेन्दार छात्रबृत्ति पनि वितरण गरेको थियो ।
म्नमोहन प्राविधिक विश्वविद्यालयको मनमोहन ईन्स्टिच्युट अफ लले तीन बर्षदेखी कानुनमा स्नातक तहको पाँचबर्षे विविएएलएलबी र अपराध कानुनमा दुई बर्ष एलएलएम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कानुन पढने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो ः मनोविज्ञ डा अधिकारी





