अस्ट्रेलिया पुगेर मेयर कोइरालाले भने– ‘विराटनगरलाई समृद्ध बनाउन विश्वभरका नेपालीको सहयोग चाहिन्छ’

अस्ट्रेलिया पुगेर मेयर कोइरालाले भने– ‘विराटनगरलाई समृद्ध बनाउन विश्वभरका नेपालीको सहयोग चाहिन्छ’
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अस्ट्रेलियामा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भव्य कार्यक्रममा सम्बोधन गर्दै विराटनगरलाई समृद्ध र आधुनिक बनाउन विश्वभर छरिएका नेपालीको ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । मेयर कोइरालाले भने, ‘समृद्ध विराटनगर हाम्रो साझा सपनाहो । यसका लागि देशभित्र मात्र होइन, बाहिर रहेका प्रत्येक नेपालीको योगदान अपरिहार्य छ । प्रवासमा ...

राष्ट्रसेवक बचत तथा ऋण सहकारीले एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने

राष्ट्रसेवक बचत तथा ऋण सहकारीले एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने
विराटनगर २१ भदौ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरले २७ औं स्थापना दिवसको अवसरमा एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने भएको छ । आगामी असोज ४ गते बार्षिक साधारणसभाका अवसरमा किशोरी खतिवडा स्मृति पुरस्कार, दधिराम दाहाल स्मृति पुरस्कार र हिरनकुमार थापा स्मृति पुरस्कार प्रदान गरिने सहकारीले आज घोषणा गरेको हो । बार्षिक साधारणसभामा पेश गरिने नीति, कार्यक्रम, बजेट तथा कार्यव...

आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै
काठमाण्डौ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भदौ शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका ठाउँमा मनाइन्छ । भदौ शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि शुरू हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको प...

प्रिमियर वायर्सलाई भारतीय गुणस्तर प्रमाणपत्र

प्रिमियर वायर्सलाई भारतीय गुणस्तर प्रमाणपत्र
विराटनगर, भदौ २१ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित प्रिमियर वायर्सले भारतीय ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) बाट गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा उत्पादन हुने विद्युतीय तार निर्यात गर्ने पहिलो उद्योगले बिआइएस पाएको हो । मोरङको बुढीगङ्गा गाउँपालिकामा शारडा समूहद्वारा सञ्चालित यस उद्योगले उत्पादन गर्दै आएको प्रिमियर वायर्स भारतमा बिक्रीका लागि सहज बाटो खुलेको सञ्चा...

महानगरस्तरीय वक्तृत्वकलामा आदर्शकी रञ्जना प्रथम

महानगरस्तरीय वक्तृत्वकलामा आदर्शकी रञ्जना प्रथम
विराटनगर/ विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् आदर्श माविकी समन्वय र व्यवस्थापनमा आयोजित प्रतियोगितामा १७ वटा विद्यालयलाई पछि पार्दै रञ्जनाले प्रथम पुरस्कार प्राप्त गरेकी हुन् । ‘लोकतन्त्रको सबलीकरणमा नागरिकको कर्तत्व’ विषयमा आयोजित प्रतियोगितामा पोखरिया माविकी सिम्रन सफल मैनालीले द्वितीय जिति...

कार्ययोजना स्वीकृत नहुँदा संरक्षण क्षेत्र प्रभावित

कार्ययोजना स्वीकृत नहुँदा संरक्षण क्षेत्र प्रभावित
दार्चुला, भदौ २० गते । अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत हुन सकेको छैन । कार्ययोजना स्वीकृत नहुँदा संरक्षणको क्षेत्रमा ठुलो असर परेको अपि नाम्पा संरक्षण कार्यालय दार्चुलाका वरिष्ठ संरक्षण अधिकृत (वार्डेन) विनयकुमार झाले बताउनुभयो । यहाँका स्थानीय तहहरू व्यास, अपि हिमाल, मार्मा, नौगाड गाउँपालिकाका पाँच वटा वडाहरू, दुहुँ ग...

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे
काठमाडौँ, भदौ २० गते । काठमाडौँ, भदौ १९ गते संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिनुभयो । यसअघि अ...

जनयुद्वमा महिलाले देखाएको त्याग र बलिदान बिना गणतन्त्र सम्भव: थिएन: प्रचण्ड

जनयुद्वमा महिलाले देखाएको त्याग र बलिदान बिना गणतन्त्र सम्भव: थिएन: प्रचण्ड
काठमाडौं, १८ भदौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुका साथै समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका छन्।। काठमाडौंको प्रज्ञाभवन, कमलादीमा आयोजित उक्त सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, “उत्साहका लागि लाल सलाम भन्...

विराटनगरका मेयर कोइराला अष्ट्रेलिया प्रस्थान

विराटनगरका मेयर कोइराला अष्ट्रेलिया प्रस्थान
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अष्ट्रेलिया प्रस्थान गरेका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियालगायत विभिन्न नेपाली समुदायका संघ–संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन कोइराला बिहीबार राति अष्ट्रेलिया प्रस्थान गरेका हुन् । महानगरपालिकाका अनुसार अष्ट्रेलिया बसाइका क्रममा मेयर कोइरालाले विराटनगर–८ मा सञ्चालनको तयारी भइरहेको अनाथाश्रमका लागि आवश्यक सहकार्य र स्र...

विराटनगर क्षेत्रभित्र आज सार्वजनिक विदा

विराटनगर क्षेत्रभित्र आज  सार्वजनिक विदा
विराटनगर ÷विराटनगर महानगरपालिकाले मोहम्मद डेका अवसरमा भोलि शुक्रबार सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । ढुङ्गेलकाअनुसार अत्यावश्यक सेवाबाहेक महानगरअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहनेछन् । ...