विराटनगर /
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बुढीगंगा गाउँपालिका–२ स्थित मधुग्राम देवता आधारभूत विद्यालयमा कक्षा ६ र ७ मा अध्ययनरत ४० जना विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको छ।
कार्यक्रम बुढीगंगा गाउँपालिकाका उपप्रमुख अमृता कुमारी गच्छदारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा बुढीगंगा गा.पा. वडा नं २ का अध्यक्ष रेवती नारायण चौधरी सभाध्यक्ष रहनुभएको थियो। कार्यक्रममा बुढीगंगा गा.पा. वडा नं २ का वडा सदस्यहरु मिना कुमारी विश्वास , वडा सदस्य लोक नाथ चौधरी लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख राम पोखरेल, विद्यालयका प्रधानाध्यापक दामोदर आचार्य, लिबर्टी विराटनगर शाखा प्रमुख मोहन राई, लिबर्टी इटहरी शाखा प्रमुख प्रमिश पराजुली, चिफ एजेन्सी म्यानेजर रिता कुमारी खड्का, राजकुमारी रेग्मी तथा तुलसा आचार्य र लिबर्टी माईक्रँो लाईफ नेपाल टप विमा परामर्शदाता नरेन्द्र बहादुर अर्यालको उपस्थिति रहेको थियो।कार्यक्रममा वक्ताहरूले शिक्षा र सामाजिक विकासमा निजी क्षेत्रको सहकार्य अत्यन्त आवश्यक रहेको बताउँदै, भविष्यमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
कर्यक्रमका प्रमुख अतिथी बुढीगंगा गा.पा. उपप्रमुख अमृता कुमारी गच्छदारले “लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोडेर विद्यार्थीहरूका लागि सहयोग गर्नु अत्यन्त सराहनीय कार्य हो। यस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कुरा बताउनुभयो ।
त्यसैगरी लिबर्टी माईक्रो लाईफ कोशि प्रदेश प्रमुख राम पोखरेलले “लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स व्यवसायसँगै समाजप्रति उत्तरदायीत्व वहन गर्दै आएको जानकारी गराउदै आजका विद्यार्थी नै भोलिका आधारस्तम्भ हुन् त्यसैले शिक्षा र विद्यार्थीमै लगानी गर्नु हाम्रो प्राथमिकता हो भन्ने कुरामा जोड दिनुभयो।”
त्यसैगरी कार्यक्रमका सभाध्यक्ष रेवती नारायण चौधरीले “वडाभित्रका विद्यालय र विद्यार्थी लक्षित सामाजिक कार्यक्रमले समुदाय र संस्थाबीचको सम्बन्ध अझ मजबुत बनाउँछ। लिबर्टी माइक्रो लाइफको यो सहयोग प्रेरणादायी छ भन्दै आगामी दिनमापनि सहकार्य हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमको संचालन लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्सकी चिफ एजेन्सी मेनेजर तुलसा आचार्यले गर्नुभएको थियो।





