हिमालकी कान्छी छोरी : किपा ल्हामु शेर्पा
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी । आज बेसक्याम्प, भोलि रातिदेखि आरोहण यात्रा र काठमाडौँबाट हिँडेको चार दिनमै पिक समिट। न त लामो तालिम, न त भव्य तयारी र खर्च।
किपा ल्हामु शेर्पासँग थियो त केवल एउटा कुरा – संसार जित्ने ठूलो सपना।
तीन सन्तानकी आमा, गृहिणी र होटल सञ्चालकबाट आफ्नो पहिचान बदलेर संसारको शिरबाट विश्वलाई चिहाउने साहसी नेपालकी छोरी किपा ल्हामु शेर्पा हिमालको नाम सुन्नासाथ...









