दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट बिरामी, विपन्न र जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग
विराटनगर । दिल बहादुर राई/साखा माया राई अक्षय कोषमार्फत बिरामी, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई आर्थिक सहयोग वितरण गरिएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरिएको उक्त अक्षय कोषबाट २०८२ साल पुस ३० गते विभिन्न व्यक्तिहरूलाई राहतस्वरूप सहयोग प्रदान गरिएको हो।
सहयोग वितरण कार्यक्रम संस्थाका संस्थापक श्री ललित राईको हातबाट सम्पन्न भएको थियो। आर्थिक अभावका कारण उपचार, शिक्षा तथा दैनिकी स...








