चार जिल्लाका तेइस फार्ममा बर्डफ्लु
केशवराज पौडेल ,काठमाडौँ, चैत २५ गते । तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लु (एच–फाइभ एन–वान) यतिबेला चार जिल्लाका २३ वटा व्यावसायिक फार्ममा फैलिएको पशुसेवा विभागले जनाएको छ ।
विभागका अनुसार मोरङमा आठ, सुनसरीमा १२, झापामा दुई र चितवनको एउटा व्यावसायिक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो । व्यावसायिक फार्म नजिकै ठुला ठुला रुखमा आउने चरामा बर्डफ्लुको सङक्रमण भएको हुन...









