विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काठमाडौं। देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड थियो। अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा करिब १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि...









