सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ, साउन १३ गते । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३२० कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र ...

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिल

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिल
काठमाडौँ, साउन १३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो, “प्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशका नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रम...

प्रभु बैंकको ४१ हजार ९ सय संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

प्रभु बैंकको ४१ हजार ९ सय संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौं, १३ साउन । प्रभु बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ४१ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। विभिन्न तीन जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि ३५ दिनको समय दिँदा कुनै आवेदन नपरेपछि अब अन्य इच्छुक लगानीकर्ताका लागि खुला गरिएको हो। बैंकका अनुसार सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाश...

सिटिजन लाइफको बीमा सेवा चार दिन प्रभावित

सिटिजन लाइफको बीमा सेवा चार दिन प्रभावित
काठमाडौं, १३ साउन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बीमा व्यवस्थापन प्रणाली स्तरोन्नति गर्ने क्रममा चार दिन सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ। कम्पनीका अनुसार साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म बीमा सम्बन्धी अधिकांश सेवा उपलब्ध हुने छैन। हाल सञ्चालनमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई थप आधुनिक र सुरक्षित ‘आईसोलुसन भर्सन नेक्स्ट’मा रूपान...

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन
झापा/ घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/०८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व सङ्कलन गरेको छ। कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै ३०२ वटा सेवामूलक उद्योग रहेका छन्। त्यसैगरी १४७ वटा उत्पादनमूलक, १३३ वटा कृषि तथा वन...

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड, १ करोडमाथिकालाई स्वघोषणा फारम भराइँदै

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड, १ करोडमाथिकालाई स्वघोषणा फारम भराइँदै
काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताको करिब ७१ करोड रुपैयाँ बराबरको बचत फिर्ता गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ। समितिले सार्वजनिक गरेको प्रगति विवरणअनुसार २१ करोड रुपैयाँ नगद फिर्ता र ५० करोड रुपैयाँ बचत मिलान (सेटलमेन्ट) गरिएको हो। ऋणीबाट १० प्रतिशत नगद र २० प्रतिशत बचत मिलान गर्ने नीतिअनुसार हालसम्म २२ करोड ८३ लाख रुपैयाँ असुली भ...

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह
काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न आग्रह गरेको छ । निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ बमोजिम कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्नसक्ने कानुनी व्यवस्थाको स्मरण गराउँदै विभागले प्रतिबन्ध लगाइएको वस्तुको अनधिकृत रुपमा बिक्रीवितरण नगर्न सम्वद्ध पक्षलाई सचेत गराएको हो । कानुनबमोजिम दण्डनीय रहेको पैठारीकर्ता, सञ्चय...

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन
साहारा लिम्बु ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१-०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२-०८३ मा झण्डै दोब्बर राजश्व सङ्कलन गरेको हो । नापी कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८२-०८३ मा ५५ लाख ८७ हजार छ रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१-०८२ मा २८...

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा ‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेङ्गुका बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा दुई हजार जना डेङ्गु सङ्क्रमित भेटिएका थिए भने गत आवमा भने यो सङ्ख्या घ...

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
जनकपुरधाम।गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा संकलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा दायर गरिएको जनाएको छ। कार्यालय प्रमुख वि...