काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच दिउँसो साढे १२ बजे खेल सुरु हुने तालिका छ।
यस्तै, विराटनगर र सुदूरपश्चिमबीचको खेल अपराह्न साढे ४ बजे हुनेछ। तर, दुई दिनदेखिको लगातार वर्षाका कारण दुवै खेल प्रभावित हुन सक्ने देखिएको छ।
जारी लिगमा लुम्बिनी र चितवनले एक÷एक खेलमा जित हासिल गरेका छन् भने विराटनगर आफ्ना दुईवटै खेलमा पराजित भएको छ। यस्तै, सुदूरपश्चिमले एकमा जित र एकमा हार बेहोरेको छ।





