विराटनगर । नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले विराटनगर आइतबार सम्पन्न भएको ऐतिहासिक रथथात्रापछि विराटनगमा भएको फोहर उठाएको छ ।

रथयात्रामा भक्तजनको लागि विभिन्न संस्थाले पानी र जुसलगायत निशुल्क वितरण गर्दै विराटनगरको सडकमा पानीका वोतल,गिलासलगात फोहर नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले उठाएको हो । फूलबारीले निशुल्करुपमा फोहर उठाएको फूलबारीका उमेश कटुवालले बताए । उनका अनुसार आइतबार राती १२ बजेसम्मलगायर रथ गुडेको सडकमा भएको सवै किसिमका फोहर उठाएको बताए ।

तपाईको प्रतिक्रिया