काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी)लाई हराएको छ ।
हैदरावादमा हिजो भएको खेलमा हैदरावाद ५५ रनले विजयी भयो । टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २५५ रन बनाएको थियो । हैदरावादका लागि इशान किशनले ४६ बलमा ७९ रन बनाए । अभिषेक शर्माले २२ बलमा ५६ रन र हेनरिक क्लासेनले २४ बलमा ५१ रन बनाए ।
२५६ रनको लक्ष्य पछयाएको आरसीबीले ४ विकेट गुमाएर २०० रनमात्र बनायो । आरसीबी पराजित भए पनि १४ खेलमा १८ अङ्कका साथ अङ्क तालिकाको शीर्षस्थानमा छ भने हैदरावाद समान खेलमा समान अङ्कका साथ रनरेटले पछि पर्दै तालिकाको तेस्रो स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे पञ्जाव किङ्गस र लखनउ सुपर जाइन्टसले खेल्दैछन् ।







