काठमाण्डौं ।
गायक पूर्ण विराहीको स्वरमा सजिएको नयाँ गीत “भइयो सुपर फ्लप“ सार्वजनिक भएको छ, जसले हास्य–व्यङ्ग्य शैलीमार्फत सामाजिक यथार्थ चित्रण गर्ने प्रयास गरेको छ । गीतको संगीत र शब्द दुबै देव बोहराले तयार पारेका हुन् भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्। गीतको सिर्जनामा प्रयोग गरिएको शैली, शब्द र संगीत संयोजनले श्रोता–दर्शकहरूलाई नयाँ अनुभव दिने विश्वास लिइएको छ।

भिडियो पक्षमा, कलाकारहरू तेजेन्द्र परियार, पुष्पा थापा, पल्देन लामा, वसन्त कुलाल र सुमन ओझाको जीवन्त अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन एजे अजुले गरेका हुन् भने निर्देशनको जिम्मा पल्देन लामाले सम्हालेका छन्। भिडियोलाई अनिल बिष्ट प्युठानीले सम्पादन गरेका छन्।

“भइयो सुपर फ्लप“ गीतले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिन खोजेको देखिन्छ। पछिल्लो समय ट्रेन्डिङमा आएका गीतहरूको भिडमा यो गीतले कस्तो स्थान बनाउँछ भन्ने चासो सबैमा छ ।गीतमा नेपाली गीत संगीतमा देखिएको विकृति र विसंगतीलाई समेटिएको निमार्ण पक्षले बताएो छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया