पथरी
पूर्वकै टिमले सिमित स्रोत साधनमा निर्माण गरेको नेपालि ‘चलचित्र तिम्रो मेरो कथा’ को विराटचोकमा प्रिमिीयर शो भएको छ । शनिवार विराटचोकस्थित बिराट सिनेमामा गरिएको प्रिमीयर शोमा हल हाउसफुल भएको थियो ।

मोरङका विभिन्न भुभागमा सुटिङ गरिएको यस फिल्मलाई अनिश घिमिरेले निर्माण गरेका हुन् । चलचित्रमा अनिश घिमिरे,करण धिताल,शलु लिम्बू लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । प्रेम तथा विछोडको कथामा बनेको उक्त फिल्ममा केहि उत्कृष्ट एक्सनका दृश्यहर समेत रहेका छन् जसलाई दर्शकले औधि मन पराएका छन् भने कलाकारको अभिनयलाई पनि दर्शकले खुलेर तारिफ गरे । चलचित्रलाई विराटनगर,पथरी,दमकका साथै पूर्वका विभिन्न हलहरुमा च्यारिटी शो मार्फत लैजाने तयारी रहेको फिल्मका निर्माता तथा निर्देशक अनिश घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया