- – ज्याे. पं. तुलसी भारद्वाज

मेष
अस्वस्थताका कारण राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने संकेत छ । आमाको स्वास्थ्य कमजोर हुन सक्ने भएकाले चिन्ता बढ्न सक्छ । धनमाल हराउने, चोरी हुने वा ठगीमा पर्ने योग देखिन्छ । आँखा सम्बन्धी समस्याले सताउन सक्छ । विशेष अवसर प्राप्त भएपनि ईर्ष्यालु व्यक्तिहरूले दुःख दिन सक्छन् ।

वृष
दाजुभाइ तथा दिदी बहिनी बीच असमझदारी बढ्न सक्छ । समाजले अस्वीकार गरेका वा खराब आचरण भएका व्यक्तिहरूसँग नजिकिनुपर्ने परिस्थिति आउन सक्छ । आम्दानीभन्दा खर्च बढी हुने समय छ । लामो समयदेखि गरिएको लगानीबाट अपेक्षित प्रतिफल कम मिल्नेछ । तर आज ठूला व्यक्तिहरूबाट मान सम्मान प्राप्त हुन सक्छ ।

मिथुन
आर्थिक समस्या समाधान हुने संकेत छ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । परिवारजनमा असमझदारी र मित्रहरूसँग वैरभाव बढ्न सक्छ, तर व्यापारबाट फाइदा हुनेछ । विगतका कमजोरी सच्याउने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर प्राप्त हुनेछ ।

कर्कट
विभिन्न अवसरहरू प्राप्त हुनेछन् । मुद्दा मामिला वा झमेलाबाट केही समयका लागि मुक्ति मिल्नेछ । यात्रा र सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक छ । पढाइमा मन नलाग्ने देखिन्छ । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपन बढ्ने र काम नबन्ने डर रहन सक्छ ।

सिंह
घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । प्रतिष्ठित व्यक्तिसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, जस्तै ज्वरो, टाउको दुखाइ वा आँखाको समस्या । जिम्मेवारीका काम समयमा पूरा गर्न कठिन हुन सक्छ । सोचे अनुसार काम नबन्नाले दुःख पाइनेछ ।

कन्या
घर खर्च बढ्नेछ र व्यापारमा मन्दी आउन सक्छ । तर लामो समयदेखि रोकिएका काम पूरा गर्न सकिनेछ । आफ्ना कमजोरी प्रति आफन्तबाट टिप्पणी आउन सक्छ । अवसर गुम्ने सम्भावना भएकाले सावधानी पूर्वक काम गर्नुहोला । उपहारका नाममा काम नलाग्ने वस्तु प्राप्त हुन सक्छ ।

तुला
प्रयास गरेमा कठिन काम पनि सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नेछ र धन लाभ हुने सम्भावना छ । आफ्नो समूहको नेतृत्व गर्दै प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । कीर्तिमानी कार्य सम्पन्न गर्न सकिनेछ । नयाँ काम सुरु गर्ने उपयुक्त समय हो । मान प्रतिष्ठा र ज्ञान प्राप्त हुनेछ ।

वृश्चिक
बहुमूल्य धातु संकलन गर्ने अवसर मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ र शत्रुहरू परास्त हुनेछन् । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्नेछ । साथीभाइबाट फाइदा लिन सकिनेछ । उच्च महत्वाकांक्षाका कारण सोचेका काम पूरा हुनेछन् । खर्च बढेपनि उद्देश्य पूरा हुनेछ ।

धनु
राजनीतिक पहुँच बढ्नेछ । तर भूमि सम्बन्धी वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस् । खर्च बढ्ने र आर्थिक अभावको अनुभव हुन सक्छ । विपरीत लिंगी वा हितैषी मित्रहरूको साथ मिल्नेछ । कठिन परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ ।

मकर
आफ्नै कमजोरीका कारण अवसर गुम्न सक्छ । खराब संगतले मान सम्मानमा असर पार्न सक्छ । उच्च पदस्थ वा राजनीतिक व्यक्तिबाट धोका हुन सक्ने सम्भावना छ । खानपानमा विशेष ध्यान दिनुहोस् । अवसर पाए पनि अरूमा निर्भर रहने बानीले काम बिग्रन सक्छ ।

कुम्भ
व्यवसाय र उद्योगमा राम्रो फाइदा हुनेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नेछ र प्रतिभाको कदर हुनेछ । लुगा, भोजन र उपहार प्राप्त हुने सम्भावना छ । कृषि र पशुपालनबाट लाभ हुनेछ । सरल जीवनशैलीले अरूको मन आकर्षित गर्नेछ ।

मीन
भूमिबाट लाभ प्राप्त हुनेछ । साथीभाइ र आफन्तको सहयोगले कठिन काम पनि सजिलै सम्पन्न हुनेछन् । विपरीत लिंगीबाट लाभ हुने सम्भावना छ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ । दाम्पत्य जीवन सुखद हुनेछ । रोकिएका काम पुनः प्रयास गर्दा सफलता मिल्नेछ ।

तपाईको प्रतिक्रिया