काठमाण्डाै – आउँदो १३ गते शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । हिजो बेलुकी बसेको रास्वपाका शीर्ष नेताहरूको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले १३ गते शपथ लिने तय गरेको हो ।

फागुन २१ गते भएकाे प्रतिनिधिसभा सदस्य चुनावमा रास्वपाले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ । रास्वपाले चुनावअघि नै बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो ।

रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरेको हो । सङ्घीय संसद् सचिवालयले १२ गते सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ । त्यसलगत्तै रास्वपा केन्द्रीय समितिको बैठक बसेर बालेनलाई संसदीय दलको नेता चुन्ने तयारी छ ।

तपाईको प्रतिक्रिया