विराटनगर ÷ विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयमा संविधान दिवसको अवसर पारेर आयोजित वादविवाद प्रतियोगितामा कक्षा १२ की छात्रा समीक्षा पौडेल प्रथम भएकी छन् ।
‘वर्तमान संविधानले परिकल्पना गरेको नेपालको संघीयता वरदान कि अभिशाप’ विषयमा आयोजित प्रतियोगितामा उत्कृष्ट तर्क प्रस्तुत गर्दै कुलानन्द यादव दोस्रो, प्रिन्स कार्की तेस्रो र आशुतोष गुप्ता सान्त्वना स्थानमा परेका छन् ।
प्रतियोगिताको निर्णायकमा कवि तथा पत्रकार मीनकुमार नवोदित र पत्रकार विजयहरि खतिवडा रहेका थिए । सम्बोधन, विषयवस्तुको प्रस्तुति, तर्क क्षमता, मौलिकता, खण्डन क्षमता तथा समय व्यवस्थापनलगायतका आधारमा मूल्यांकन गरी विजेता तथा प्रभावका विषयमा पक्ष र विपक्षमा आफ्ना तर्क प्रस्तुत गरेका थिए । प्रतियोगिताले विद्यार्थीमा विषयवस्तुको अध्ययनसँगै तर्क गर्ने, आफ्ना विचार स्पष्ट रूपमा राख्ने र फरक मतको खण्डन गर्ने क्षमताको विकासमा सहयोग पुगेको आयोज छनोट गरिएको निर्णायक नवोदितले बताए ।
प्रतियोगितामा विद्यार्थीले नेपालको संघीय शासन प्रणालीका अवसर, चुनौती, उपलब्धि तथा प्रभावका विषयमा पक्ष र विपक्षमा आफ्ना तर्क प्रस्तुत गरेका थिए । प्रतियोगिताले विद्यार्थीमा विषयवस्तुको अध्ययनसँगै तर्क गर्ने, आफ्ना विचार स्पष्ट रूपमा राख्ने र फरक मतको खण्डन गर्ने क्षमताको विकासमा सहयोग पुगेको आयोजकको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदितले विद्यालयले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएको बताए । उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानभन्दा बाहिर रहेर समसामयिक विषयमा अध्ययन र विश्लेषण गर्ने अवसर प्रदान गर्छ ।
प्रतियोगिताका विजेतालाई विद्यालयका निर्देशक भरतराज दाहाल, डा। भविन्द्र निरौला, निर्णायकद्वय नवोदित र खतिवडा तथा अतिरिक्त क्रियाकलाप संयोजक विमल भट्टराईलगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
विद्यालयका निर्देशक दाहालले पाठ्यक्रममा आधारित अध्ययनसँगै विद्यार्थीको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले प्राथमिकतामा राख्दै आएको बताए । विद्यार्थीको सिर्जनात्मक क्षमता र नेतृत्व विकासका लागि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिँदै आएको उनको भनाइ छ ।
अतिरिक्त क्रियाकलाप संयोजक भट्टराईका अनुसार विद्यालयमा यसअघि कविता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भइसकेका छन् । विद्यार्थीलाई सिर्जनशील र सक्रिय बनाउन कविता, वादविवाद, वक्तृत्वकला, हाजिरीजवाफ, गायन, नृत्य तथा खेलकुदलगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
विद्यार्थी सचिन साह र आँचल यादवले सञ्चालन गरेको कार्यक्रममा छात्र आमोस ताजपुरियाले गीत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया