काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ ।

शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘बी’ क्याटागोरीका हेमन्तलाई चार टोली लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, सुदूरपश्चिम र पोखरा एभेन्जर्सले अधिकतम बोली १० लाख रुपैयाँ लगाएका थिए । लक्की ‘ड्र’ हुँदा सुदूरपश्चिम भाग्यमानी बनेको हो ।

त्यस्तै, सूर्य तामाङ १० लाखमा विराटनगर किंग्समा अनुबन्ध भएका छन् । गत सिजन १५ लाखमा लुम्बिनी लायन्समा थिए ।

क्याटोगोरी ए का सूर्यमाथि विराटनगरले न्यूनतम रकम १० लाख रुपैयाँमा खरिद गरेको हो ।

त्यसैगरी क्रिकेटर दिलिप नाथलाई लुम्बिनी लाइन्सले भित्र्याएको छ । उनी पहिलो सिजनमा भने पोखरा एभेन्जर्समा थिए ।

तपाईको प्रतिक्रिया