काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले संकटा क्लबलाई ५–२ गोलले पराजित गरेको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।

११ खेलमा आठौं जित सहित चर्च ब्वाईज शीर्ष स्थानका मछिन्द्र एफसी र एपीएफ एफसीसँग अंक बराबरीमा पुगेको छ । चर्च ब्वाइजका लागि सुमित श्रेष्ठले दुई गोल गर्दा रोहन कार्की र मिलन राईले एक–एक गोल गरे ।

संकटा क्लबका विवेक राई र रिचर्ड ओनयमाले एक–एक गोल फर्काए । मिलन राईले ६०औं मिनेटमा गोल गर्दै टोलीको अग्रता ३–० बनाएका थिए ।

यसैगरी, अर्को खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडे ।

तपाईको प्रतिक्रिया