काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा गएराति भएका खेलमा ब्राइटन, न्युक्यासल र आर्सनल विजयी भएका छन् ।
ब्राइटनले सन्डरल्यान्डलाई १–० गोलले हरायो । ब्राइटनका यान्कुबा मिन्टेहले गोल गरे । यस्तै न्युक्यासलले चेल्सीलाई १–० गोलले हरायो । न्युक्यासलका एन्थोनी गोर्डनले गोल गरे ।
यस्तै आर्सनलले एभर्टनलाई २–० गोलले हरायो । आर्सनलका भिक्टर ग्योकेरेस र म्याक्स डाउम्यानले गोल गरे । यस्तै गएराति नै भएका खेलमा बर्नली र बर्नमाउथले गोलरहित बराबरी खेलेका छन् ।
यस्तै वेस्ट ह्याम र म्यानचेस्टर सिटीबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । वेस्ट ह्यामका कोन्स्टान्टिनोस माभ्रोपानोज र सिटीका बर्नार्डाे सिल्भाले गोल गरे ।
ईपीएलमा आर्सनल ३१ खेलमा ७० अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । यस्तै सिटी ३० खेलमा ६१ अङ्कसहित दोस्रो र म्यानचेस्टर युनाइटेड २९ खेलमा ५१ अङ्कसहित तेस्रो स्थानमा छन् ।





