काठमाण्डौ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरिना नियुक्त भएका छन् । उनलाई नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राईले नियुक्ति पत्र दिएका हुन् ।
एरिनाको प्रशिक्षणमा नेपालले पहिलो खेल मार्च २६ अर्थात् यही चैत २६ गते दशरथ रङ्गशालामा हङकङ र चीनसँग खेल्नेछ ।



