काठमाण्डाै – मध्यपूर्वमा हुने एशियाली च्याम्पियन्स लिगका थप खेलहरू अनिश्चितकालका लागि स्थगित भएका छन् । मध्यपूर्वमा तनावका कारण एशियाली प्रतियोगिताहरूमा अर्को हप्ताका खेलहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको एशियाली फुटबल महासङ्घ (एएफसी) ले भनेको छ ।

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणले खाडी क्षेत्रका देशहरूलाई असर गरेको छ जसले गर्दा विश्वका केही व्यस्त ट्रान्जिट हबहरूमा यात्रा अवरुद्ध भएको छ र धेरै खेलकुद कार्यक्रमहरू रद्द भएका छन् ।

अर्को हप्ता हुने तय भएको एशियन च्याम्पियन्स लिग एलिट, च्याम्पियन्स लिग–टू र तेस्रो–स्तरीय च्यालेन्ज लिगमा पश्चिमी क्षेत्रका खेलहरू स्थगित गरिएको एएफसीले विज्ञप्तिमा जनाएको छ ।

खेलाडी, टोली, अधिकारी, साझेदार र प्रशंसक लगायत सबै सरोकारवालाहरूका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धतामा अडिग रहेको एएफसीको भनाइ छ ।

तपाईको प्रतिक्रिया