काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा गएराति भएका खेलमा एट्लेटिको मड्रिड र बायर्न म्युनिख विजयी भएका छन् ।
घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलेले टोटनहम हट्सपरलाई ५–२ गोलले हरायो । एट्लेटिकोका जुलयान अल्भारेजले २ तथा मार्काेस लोरेन्टे, एन्टोइन ग्रिजम्यान र रोबिन ले नर्मान्डले १/१ गोल गरे । टोटनहमका पेड्रो पोरो र डोमिनिक सोलान्केले गोल गरे ।
यस्तै बायर्नले घरेलु टोली एटलान्टालाई ६–१ गोलले हरायो । बायर्नका माइकल ओलिसले २ तथा सर्ज ग्नाब्रे, जोसिप स्टानिसिक, निकोलस ज्याक्सन र जमाल मुसिलाले १/१ गोल गरे । एटलान्टाका मारियो पासालिकले गोल गरे ।
यस्तै गएराति नै भएको खेलमा घरेलु टोली न्युकासल बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकियो । न्युकासलका हार्भे बार्नेस र बार्सिलोनाका लामिन यामलले गोल गरे ।
यस्तै हिजो भएको पहिलो खेलमा घरेलु टोली गालातासारेले लिभरपुललाई १–० गोलले हरायो । गालातासारेका मारियो लेमिनालेले गोल गरे ।
च्याम्पियन्स लिगमा आर्सनल २४ अङ्कसहित शीर्ष, बायर्न २१ अङ्कसहित दोस्रो र लिभरपुल १८ अङ्कसहित तेस्रो स्थानमा छन् ।





