विराटनगर । मोरङ जिल्ला मा खोरेत (एफएमडी) नियन्त्रण अभियानअन्तर्गत दुई लाखभन्दा बढी पशुमा खोप लगाइएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका अनुसार पहिलो चरणको खोप अभियानमा जिल्लाभर २ लाख ३४ हजार ६ सय पशुमा खोप लगाइएको हो। अभियान सञ्चालनका लागि ३ सय १७ जना भ्याक्सिनेटर परिचालन गरिएको जनाइएको छ । यसैबीच चालु आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षिक अवधिमा मोरङमा ४ हजार ३६० पशुमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको छ। सो अवधिमा ४ हजार ४८७ पशुको उपचार तथा १ हजार ४९१ प्रयोगशाला परीक्षण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सुचना अधिकारी बडेलाल यादवले जानकारी दिनुभयो । अभियानमा विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका लगायतका पालिकामा व्यापक रूपमा खोप लगाइएको हो ।
मोरङमा २ लाखभन्दा बढी पशुमा खोरेत खोप





