इनरुवा, फागुन २४ गते । सुनसरी निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापाले झण्डै तेब्बर मतान्तरले विजयी हुनुभएको छ । साझ सम्पन्न भएको मतगणना अनुसार थापाले ५७ हजार ४४८ मत पाउनुभई विजयी हुनुहुनेभएको हो ।

उहाँको निकटतम प्रतिस्पर्धीहरु भन्दा झण्डै ३९ हजार मतले अगाडी हुनुहुन्छ । अब सात हजार मत गणना हुन बाकी रहदाँ नेपाली काग्रेंसका राजिव कोईरालाले १६ हजार ७१ मत पउनुभएको छ । त्यसैगरी नेकपा एमालेका सुजन लामाले आठ हजार ३०३ मत पाउनुभएको छ ।

श्रम संस्कृति पार्टीका चेतन राईले सात हजार ४८४ मत, नेपाली कम्युनिष्ट पार्टीका रामकुमारी चौधरीले एक हजार ८१६ मत पाउनुभएको छ । थापाले कुल खसेको मत एक लाख एक हजार ६७० मत मध्ये थापाले ५७ हजार ४४८ मत पाउनुभई बिजयी हुनुहुनेएको छ । यो निकतटम प्रतिस्प्रधीको भन्दा ४१ हजार २७७ बढी मत पाउनुभएको छ ।

गत निर्वाचनमा यसै क्षेत्रबाट एमालेसँग पराजित थापा तेस्रो स्थानमा रहेकोमा यसपाली गत निर्वाचनका विजेता एमाले र उपविजेता नेपाली कांग्रेसको भन्दा तीन गुणा बढी मत सहित विजयी हुनुभएको छ । थापाले विजयी भएको प्रमाण पत्र निर्वाचन अधिकृत राजेन्द्र कुमार लम्सालबाट प्राप्त गर्नुभएको छ ।

थापाले प्रमाण पत्र बुझेपछी गोरखापत्रकर्मीसँग प्रतिकृया दिनुहुँदै सुनसरीको शिक्षा, सिचाई, स्थास्य र सडक प्राथमिक्तामा राखेर काम गर्ने बताउनुभयो । उहाँले देशको अनुकुल ऐन कानुनसँगै देशको विकास र सुशासनसहित समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सुनसरीका मतदाताहरुलाई आफूलाई विश्वास गरेर आपार जनमत दिएकोमा धन्यबाद दिनुहुदै आफुले नागरिकसंग नियमित संवादमा रहने र तीन तीन महिनामा सार्वजनिक सुनुवाई तथा नागरिक सुनुवाई समेत गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया