विराटनगर /प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा श्रम संस्कृति पार्टीले पहिलो जित हासिल गरेको छ। खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएसँगै उक्त पार्टीले प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको हो।

अन्तिम मतपरिणामअनुसार आरेन राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवबिक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले ११ हजार ९५७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन्। खोटाङबाट आरेन राई विजयी भएसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पहिलो जित दर्ता गर्दै संसदीय उपस्थितिको खाता खोलेको हो।

तपाईको प्रतिक्रिया