काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा आज पनि २ वटा खेल हुँदैछन् । पहिलो खेल विहान ११ बजे सातदोबाटो युथ क्लब र संकटा एफसी र दोस्रो खेल दिउँँसो ३ बजे लालिगुराँस एशोसिएसन र जावलाखेल युथ क्लबबीच हुनेछ ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । यसअघि हिजो श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा दुवै टोलीले १–१ गोल गरे । भगवतीका हरिहर बुढामगर र चर्च ब्वाइजका एरिक विष्टले गोल गरे । यसअघि हिजै उद्घाटन खेलमा काँक्रेबिहार क्लबलाई ३–१ ले हराउँदै फ्रेन्ड्स क्लबले विजयी शुरूआत गरेको छ ।

फ्रेन्ड्सका प्रशान्त लक्षम, प्रवेश बस्नेत र आशिष चापागाईंले गोल गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हिजोदेखि शुरू भएको राष्ट्रिय लिग फुटबलमा १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

तपाईको प्रतिक्रिया