कैलाली, १८ साउन । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–५ अण्डैया शिसु सुधार टोल बस्ने ३१ वर्षीय भरत बुढालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । भरतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलालीमा १५ बर्षिया बालिका करणी गर्ने पक्राउ





