काठमाडौं/ नेपाल प्रहरीका ६० एसपीको सरुवा भएको छ। सरुवाबाट एक दर्जन धेरै जिल्लाको नेतृत्व फेरिएको छ।
सरुवाअनुसार मोरङमा दिलीपकुमार गिरी, बाँकेमा नवराज मल्ल, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहन खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, तनहुँमा नरेशराज सुवेदी, बारामा कुमारविक्रम थापा, भक्तपुरमा रुकेश तन्डुकार, दाङमा श्यामु अर्यालको सरुवा भएको छ। एक वर्षमा हुनुपर्ने सरुवा यसपटक १५ महिनामा भएको छ।
पहिलोपटक पूर्वानुमान सूची प्रकाशन गरी सरुवा निकालिएको हो।




