मेष
श्रमको उचित मूल्य प्राप्त हुनेछ । लगनशीलताले काममा उत्साह बढ्नेछ । व्यवसायका सिलसिलामा यात्रा गर्नुपर्ने सम्भावना छ । मान सम्मान र आतिथ्य प्राप्त हुनेछ । कृषि तथा पशुपालनमा खर्च बढेपनि व्यवसायबाट लाभ हुने समय छ । नयाँ काम सुरु गर्न अनुकूल समय रहेको छ । व्यापारमा राम्रो धन लाभ हुनेछ ।
वृष
सहयोगीहरूको साथले अप्ठ्यारा कामहरू सजिलै सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट फाइदा हुनेछ । कामबाट अरूलाई प्रभावित पार्न सकिनेछ । सामान्य प्रयासमै सफलता मिल्नेछ । वैदेशिक क्षेत्रका अधुरा कामहरू बन्ने संकेत छन् । साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।
मिथुन
विवादमा पर्न सक्ने सम्भावना छ भने सहयोगीहरू प्रतिस्पर्धी बन्न सक्छन् । विचार नगरी बोल्दा समस्या आउन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र कामको प्रशंसा हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । कडा प्रयास गर्दा पनि अपेक्षित सफलता नआउन सक्छ, विवादबाट टाढा रहनु उचित हुनेछ ।
कर्कट
आफन्त तथा सहयोगीहरूसँग दूरी बढ्न सक्छ । तर विगतका कमजोरी सुधार गर्ने अवसर मिल्नेछ । टाढिएका सहयोगीहरू पुनः नजिकिन सक्छन् । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । व्यापारबाट अपेक्षा अनुसार लाभ हुनेछ । नयाँ काम सुरु गर्न खासै अनुकूल समय छैन । कार्य क्षेत्रमा केही हैरानी बढ्न सक्छ ।
सिंह
मान सम्मान र प्रतिष्ठा बढ्ने समय छ । राजनीति र नोकरी क्षेत्रमा प्रसिद्धि प्राप्त हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने अवसर मिल्नेछ । भौतिक सुख सुविधा प्राप्ति हुनेछ । शिक्षा क्षेत्र अनुकूल छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा प्रतिष्ठा अझ बढ्नेछ ।
कन्या
दिगो फाइदा हुने काम तथा जिम्मेवारी प्राप्त हुने संकेत छन् । रोकिएका कामहरू बन्नेछन् । कामसँगै जिम्मेवारी र बोझ बढ्न सक्छ । सुख दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । यात्राबाट आनन्द मिल्नेछ । बोलीमा संयम नअपनाए झूटा आरोप लाग्न सक्छ । परिवारबाट टाढा बस्नुपर्ने सम्भावना छ । साहित्यिक कार्यमा रुचि बढ्नेछ ।
तुला
मौसमी रुघाखोकी, टाउको तथा आँखा सम्बन्धी समस्याले सताउन सक्छ, स्वास्थ्यमा सावधानी अपनाउनुहोस् । स्वास्थ्य कमजोर भएपनि काममा परिस्थितिले साथ दिनेछ । अरूको काममा समय खर्चनु पर्नेछ । पेट सम्बन्धी समस्या देखिन सक्छ । पढाइ लेखाइमा ध्यान केन्द्रित गर्न गाह्रो पर्ला । विरोधीहरू सक्रिय हुन सक्छन्, सतर्क रहनुहोस् ।
वृश्चिक
टाढाका शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । कामका सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । प्रतिस्पर्धा बढ्नेछ तर प्रयास गर्दा अवसर मिल्नेछ । आर्थिक अवस्था सबल बन्नेछ । चुनौतीहरू सहजै पार गर्न सकिनेछ । बुद्धि र विवेकले सही निर्णय गर्न मद्दत गर्नेछ ।
धनु
समय लाभदायक छ । व्यवसायिक कामबाट राम्रो फाइदा हुनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत हुनेछ । व्यापारमा लाभ भएपनि खर्च बढ्नेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटेका काममा सफलता मिल्नेछ र आर्थिक लाभ प्राप्त हुनेछ ।
मकर
व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यवसायिक कामका लागि टाढाको यात्राको सम्भावना छ । आयआर्जन भएपनि चोट पटकको सम्भावना भएकाले सावधानी अपनाउनुहोस् । मित्र वर्गको सहयोग प्राप्त हुनेछ । सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदानले मान सम्मान बढ्नेछ ।
कुम्भ
आकस्मिक खर्च बढ्नेछ । आर्थिक अभावका कारण केही काम स्थगित हुन सक्छन् । झमेला, विवाद तथा चोट पटकको सम्भावना छ । कामको चाप बढ्नेछ । नयाँ काम सुरु गर्न सकिनेछ तर खर्चको मात्रा बढ्ने देखिन्छ । ढिला सुस्ती र आर्थिक हानीको सम्भावना भएकाले सतर्क रहनुहोस् ।
मीन
आश्वासन दिनेहरूले धोका दिन सक्छन् । भौतिक साधनको क्षति हुन सक्छ । पढाइ लेखाइमा ध्यान केन्द्रित गर्न कठिनाइ हुनेछ । काममा केही चुनौती देखा पर्नेछन् । स्वास्थ्य समस्याले दैनिक काम र अध्ययन प्रभावित हुन सक्छ, स्वास्थ्य प्रति विशेष ध्यान दिनुहोस् ।





