मेष
आज आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका काम अघि बढ्ने र नयाँ काम सुरु गर्ने अनुकूल समय छ । परिश्रमको उचित मूल्यांकन हुनेछ र अरूको विश्वास जित्न सक्नुहुनेछ । अधुरा काम पूरा हुने संकेत छन् । परोपकारतर्फ मन जानेछ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।

वृष
आज काम रमाइलो तरिकाले अघि बढ्नेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुन सक्छ । प्रयास गर्दा प्रेममा सफलता र वैवाहिक सम्बन्धतर्फको योग देखिन्छ । बोलीको प्रभाव बढ्ने भएकाले मान सम्मान प्राप्त हुनेछ । आर्थिक उन्नतिको राम्रो सम्भावना छ ।

मिथुन
कामको चापले थकान महसुस हुन सक्छ । घर गृहस्थीमा केही समस्या देखिन सक्छन् । निर्णय क्षमतामा कमजोरी आउँदा काममा अवरोध हुन सक्छ । खर्च बढ्ने र छिमेकीसँग विवादको सम्भावना भएकाले सजग रहनुहोला । परिश्रम गरेपनि अन्तिम समयमा विवाद देखिन सक्छ ।

कर्कट
मनमा द्विविधा रहने दिन हो । सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ । व्यापारमा सफलता मिल्दा मन प्रसन्न हुनेछ । धनआर्जनका राम्रो अवसर प्राप्त हुनेछन् । धार्मिक तथा सामाजिक जिम्मेवारी थपिन सक्छ । सम्मान प्राप्त भएपनि मनमा केही डर रहने सम्भावना छ ।

सिंह
काम सफल हुँदा आत्मसन्तुष्टि मिल्नेछ । गुरुजनको सहयोग र बुद्धिको प्रयोगबाट लक्ष्य हासिल गर्न सक्नुहुनेछ । ठूला व्यक्तिको भरोसा कायम रहनेछ । पशुपालन र कृषि क्षेत्रबाट लाभ मिल्ने योग छ । अध्ययन अध्यापनमा प्रगति हुनेछ ।

कन्या
अप्रत्याशित स्थानबाट लाभ हुन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदाको संकेत छ । नयाँ मित्र र सहयोगीको आगमनले मन हर्षित हुनेछ । अध्ययनमा रुचि बढ्नेछ । सहयोगी र सेवक वर्गबाट राम्रो साथ पाइनेछ ।

तुला
खर्च गर्दा विशेष सतर्कता अपनाउनु होला । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु आवश्यक छ । परिश्रमले लक्ष्य प्राप्त गर्न सकिएला तर जागिर र राजनीतिमा केही चुनौती आउन सक्छ । पारिवारिक समस्या बिस्तारै समाधानतर्फ जानेछन् । अनावश्यक झमेलाबाट टाढा रहनुहोला ।

वृश्चिक
घरमा पाहुनाको आगमन हुन सक्छ । काममा सहयोगीहरूको राम्रो साथ मिल्नेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रगति हुनेछ । साहसिक कार्यमा सक्रियता बढ्नेछ । पुराना साथीसँग भेटघाटको अवसर मिल्नेछ ।

धनु
अचानक उपहार प्राप्त हुने योग छ । योजनाहरू गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अड्किएका काम पूरा भई धन लाभ हुन सक्छ । व्यापारमा राम्रो फाइदा हुनेछ । नयाँ कामका लागि परिवारको सकारात्मक सल्लाह प्राप्त हुनेछ ।

मकर
आम्दानी राम्रो रहनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ । व्यापारिक प्रयासहरू सकारात्मक रहनेछन् । यात्रा सुखद हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । बौद्धिक कार्यबाट धन लाभको योग छ ।

कुम्भ
स्वास्थ्यमा कमजोरी देखिन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । निर्णय क्षमतामा कमी आउन सक्छ । विलासिता र सुख सुविधामा समय बित्नेछ । राज्य वा सरकारी पक्षबाट लाभ मिल्ने संकेत छ । मानसिक तनावले पारिवारिक मनमुटाव बढ्न सक्छ ।

मीन
आमाबाट प्राप्त धनको सदुपयोगबाट लाभ उठाउन सक्नुहुनेछ । बन्न लागेको केही काम बिग्रन सक्छन् । पारिवारिक समस्याले काममा अवरोध आउन सक्छ । टाढाको यात्रा सम्भावना छ । अध्ययनमा प्रगति हुनेछ । प्रयासअनुसार सफलता र उन्नतिको योग देखिन्छ ।

तपाईको प्रतिक्रिया