मेष
रुपैयाँ पैसाको कारोबार हुने दिन छ । आफन्तसँग भेटघाटको अवसर मिल्नेछ । धर्म कर्म, मंगलमय कार्य तथा सामाजिक दायित्वमा समय बित्नेछ । बौद्धिक पक्षबाट लाभ मिल्ने योग छ । तर गलत व्यक्तिको विश्वास गर्दा काममा धोका हुन सक्छ । सवारी साधन तथा हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनुहोस् ।

वृष
परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रम गर्दा पनि थोरै मात्र लाभ मिल्ने देखिन्छ । घर जग्गा सम्बन्धी विवाद र आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । काममा अनावश्यक बाधा वा हस्तक्षेपको सम्भावना छ । आर्थिक अभावले पनि सताउन सक्छ, सचेत रहनुहोस् ।

मिथुन
उत्तम रोजगारी प्राप्त हुने र नोकरीमा पदोन्नतिको योग छ । व्यवसायमा सकारात्मक परिवर्तन आउनेछ । समाजसेवा तथा परोपकारका कार्यमा सक्रियता बढ्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति देखिन्छ । तर कामका सन्दर्भमा शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा बढ्न सक्छ । रिसका कारण अवसर गुम्न सक्छन्, संयम अपनाउनुहोस् ।

कर्कट
बौद्धिक तथा शैक्षिक क्रियाकलापमा सफलता मिल्नेछ । नसोचेको स्थानबाट आर्थिक लाभको सम्भावना छ । नयाँ उद्योग व्यवसाय सुरु गर्न अनुकूल समय छ । विद्यार्थीहरूका लागि विशेष प्रगतिदायी दिन हो । आफ्नै कमजोरीका कारण परिवारमा असन्तुष्टि बढ्न सक्छ । जीवन साथीको स्वास्थ्य प्रति ध्यान दिनुहोस् ।

सिंह
सहयोगीहरूबाट उचित साथ प्राप्त हुनेछ । तर पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमुटाव हुन सक्छ । शिक्षा तथा साझेदारीका काममा फाइदा हुनेछ । घरायसी वातावरणमा सामान्य तनाव देखिन सक्छ । दण्ड जरिवाना वा महत्वपूर्ण वस्तु हराउने सम्भावना भएकाले सचेत रहनुहोस् ।

कन्या
विरोधका कारण सोचेजस्तो समयमा काम अवरुद्ध हुन सक्छ । रोगका कारण खर्च बढ्ने योग छ । अनावश्यक खर्च र ऋणभारले दबाब सिर्जना गर्न सक्छ । नशा, जोर्नी वा घुँडा सम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । परिस्थितिलाई समयमै सम्हाल्न नसक्दा पछि पर्न सकिन्छ ।

तुला
पढाइ लेखाइमा राम्रो नतिजा प्राप्त हुनेछ । यात्रा फलदायी बन्नेछ र कामप्रति उत्साह बढ्नेछ । नोकरीमा पदोन्नति र व्यापार व्यवसायमा फाइदाको योग छ । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । मेहनत अनुसार राम्रो उपलब्धि हात लागि हुनेछ । नयाँ व्यवसाय सुरु गर्न सकिनेछ ।

वृश्चिक
सन्तानबाट सुख र लाभ प्राप्त हुने योग छ । रोकिएका कामहरू पुनः सुरु हुनेछन् । दिन रमाइलो र उत्साहपूर्ण बित्नेछ । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ । टाढाको यात्रा हुन सक्छ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछन् ।

धनु
मानहानि वा अपजशको सम्भावना छ, अरूको लहलहैमा परेर टाढाको यात्रा हुन सक्छ । कृषि कर्म तथा पशुपालनबाट राम्रो फाइदा हुने योग छ । स्थायी सम्पत्ति आर्जनको समय भएपनि बाहिरी यात्रामा कष्ट हुन सक्छ । साझेदारीमा विवाद देखिए पनि कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ ।

मकर
लगानीको प्रतिफल अपेक्षाअनुसार नआउन सक्छ । साझेदारी सम्बन्धमा समस्या देखिन्छ, होस पुर्‍याउनुहोस् । निजी व्यवसाय र कृषिकर्ममा परिश्रमअनुसार कम उपलब्धि हुन सक्छ । विपरीत लिंगी प्रति आकर्षण बढ्नेछ र प्रेम तथा मित्रताको सम्बन्ध प्रगाढ हुन सक्छ । अनावश्यक विषयमा चासो राख्दा दुःख पाइनेछ ।

कुम्भ
भूमि, घर वा सवारी साधन प्राप्तिको योग छ । तर अनावश्यक खर्च, कर्जा र चोट पटकको सम्भावना पनि भएकाले सावधानी अपनाउनुहोस् । बोलीको गलत अर्थ लागेर विवादमा पर्न सक्नुहुन्छ । आर्थिक अभावले सताए पनि शुभ चिन्तकहरूको सहयोगले चुनौतीहरू पार गर्न सकिनेछ । कब्जियत सम्बन्धी स्वास्थ्य समस्या देखिन सक्छ ।

मीन
आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि तथा पशुपालनमा सामान्य फाइदा मिल्ने योग छ । प्रयत्न गरेमा नयाँ नोकरी प्राप्त हुन सक्छ । नोकरीमा रहनेहरूका लागि पदोन्नतिको समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरेपनि लगनशीलताले लक्ष्यमा पुग्न सकिनेछ । स्थायी सम्पत्ति सम्बन्धी विवाद देखिन सक्छ ।

तपाईको प्रतिक्रिया