काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, ०८२ को तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायण भट्टराईले निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको बताए। उनले हाल प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रयोजनका लागि नमूना मतपत्र छपाईदेखि मुख्य निर्वाचन आयुक्त नियुक्ति र समाजिक सञ्जाल संचालन गर्ने कम्पनीहरूलाई पत्रचार गरिसकेको जनाए।

‘निर्वाचनको पूर्व तयारी अन्तर्गत यस साता नमूना मतपत्र तथा मतदाता नामावली छपाई, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति, निर्वाचन आधिकृतहरूलाई अभिमुखीकरण तालिम प्रदान गर्न मुख्य प्रशिक्षक तयारी सम्पन्न गरिएको छ,’ प्रवक्ता भट्टराईले भने, ‘समानुपातिक निर्वाचन प्रणाली तर्फ पेश भएका उम्मेदवारको बन्दसूची रुजु गरी दलहरूलाई पत्रचार गरिसकेका छौं।’

उनले थपे, ‘निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठक आयोजना, स्थानीइ तह र प्रदेश सरकारसँग समन्वय बैठक तथा समाजक सञ्जाल प्लेटफर्म संचालकहरूसँग समन्वय लगाएत कार्यहरू सम्पादन गरीएको छ।’

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४को दफा ८ बमोजिम न्याय परिषदको परामर्शमा ७७ जना जिल्ला न्याधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाआयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्रमा अंकित द्धितीय श्रेणीका अधिकृतलाई पुस २५ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतमा नियुक्ति गरिएको उनले बताए। उनीहरूले पुस २८ र २९ गते संचालन हुने अभिमुखीकरण तालिममा भाग लिई माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी कार्य सुरु गर्न समेत आयोगले सूचीत गरिसकेको सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।

‘मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूका लागि पुस २८ र २९ गते काठमाडौं, चितवन, विराटनगर र नेपालगञ्जमा संचालन हुने अभिमुखीकरण गरिने छ,’ सहायक प्रवकत जिसीले भने, ‘तालिमका लागि मुख्य प्रशिक्षकहरू तयार गर्न पुस २२ र २३ गते मुख्य प्रशिक्षक प्रशिषण कार्याशाखा सम्पन्न गरिएको छ।’ उनले थपे, ‘कार्यशालामा प्रतिनिधि सभा सदस्य निर्वाचनको संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रम, निर्वाचन व्यवस्थापन, सूचना तथा प्रविधि प्रणालीको प्रयोग, मतदाता शिक्षा, निर्वाचन आचासंहिता अनुगमन, निर्वाचन पर्यवेक्षण,मतदान तथा मतगणन सम्बन्धी व्यवस्थापकीय कार्य  मतगणना प्रकृया तथा प्रतिवेदन सम्बन्धी विष्यमा समूहगत प्रतिवेदन प्रस्तुत गरिएको थियो।’

प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ अन्तर्गत मदतादा शिक्षा प्रयोजनकोलागि प्रत्यक्ष र समानुपातिक तर्फका लागि कुल १० लाख नमूना मतपत्र छपाई कार्य सम्पन्न गरिएको आयोगले जनाएको छ। नमूना मतपत्र समानुपातिक निर्वाचनतर्फ सेतो कागजमा कालो रंगको र पहिलो हुने निर्वाचन प्रणाली तर्फ सेतो कागजनमा रातो रंगको रहेको छ।

२६ जिल्लाको मतदाता नामावली छपाई सम्पन्न  

हालसम्म २६ जिल्लको मतदाता नामावली छपाई कार्य सम्पन्न भएको प्रवक्त भट्टराईले बताए। साथै समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र छपाई कार्य आइतबारदेखि सुरु भएको छ। समानुपाति तर्फको मतपत्रमा बन्दसूची पेस गर्न ६४ वटा दलहरूका जम्मा ५८ वटा चुनाव चिह्न समावेश छन्। मतदाता संख्याको आधारमा समानुपातिकतर्फ २ करोड थान मतपत्र छपाई गरिने तय गरिएको उनले बताए।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त बन्दसूची रुजु गरी सम्बन्धित दलहरूलाई पत्राचार समानुपातिक प्रणालीतर्फको निर्वाचन कार्यक्रम बमोजिम मिति २०८२ पुस १३ र १४ गते राजनीतिक दलहरूबाट पेस भएका बन्दसूची आयोगबाट रुजु गर्दा उम्मेदवारको नाम दोहोरिएको, उम्मेदवारको योग्यता नपुगेको, उम्मेदवारको नाम थर र ठेगाना नमिलेको, नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीको निस्सा र बन्दसूचीको नामावलीमा विवरण नभिडेको तथा बन्दसूची पेस गर्दा समावेशी समूहतर्फका समूह (क्लष्टर) नमिलेका विषय पाइएकोले ती विषयहरू सच्याई पेस गर्न सात दिनको अवधि दिई सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार भई सो बमोजिम राजनीतिक दलहरूबाट छुट भएका कागजात पुर्‍याउने, समावेशी समूह मिलाउने लगायतका त्रुटि सच्याई पेस गर्ने कार्य भइरहेको छ।

आचारसंहिता अनुगमन समितिको बैठक

निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ को व्यवस्था बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठक पुस २१ गते सम्पन्न भएको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि अन्तरनिकाय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको सो बैठकमा सहभागी सदस्यहरूले आचारसंहिता कार्यान्वयनमा आउनसक्ने चुनौती र समस्या समाधान गर्ने उपायहरूका बारेमा सुझाव दिनुका साथै आचारसंहिता कार्यान्वयामा आ( आफ्नो निकायवाट पूर्ण रूपमा सहयोग प्राप्त हुने प्रतिवद्धता व्यक्त गरेका छन्। उक्त वैठकमा सहभागीहरूले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सचेतनामूलक र दण्डात्मक दुबै विधिलाई एकसाथ अघि बढाउनुपर्ने तथा सूचना प्रविधि (कृत्रिम बौद्धिकतासमेत) को दुरुपयोग रोक्न सेवा प्रदायकसँग सहकार्य बढाउनुपर्ने सुझाव दिएका छन्।

प्रदेश सरकार र स्थानीय तहसँग समन्वय

पौष २१ गते सातै प्रदेशका प्रमुख सचिव र आन्तरिक मामिला हेर्ने सचिवसँग छलफल सम्पन्न भएको छ। उक्त बैठकमा आयोगको तर्फबाट आचारसंहिता कार्यान्वयन, मतदाता शिक्षा प्रवर्द्धन, निर्वाचन सुरक्षा, निर्वाचनका लागि जनशक्ति व्यवस्थापन, निर्वाचन व्यवस्थापनमा सहकार्य लगायतका विषयमा प्रदेश सरकारले गर्नुपर्ने कार्यका बारेमा आयोगबाट प्रस्तुतीकरण भएको थियो भने सहभागीहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन सफल बनाउन प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाउँदै आ-आफ्ना धारणा राखेका थिए। आयोगले अघिल्लो हप्ता जिल्ला समन्वय समिति महासंघ, नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी तथा प्रतिनिधिसँग समेत छलफल गरेको थियो।

सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार

आसन्न आम निर्वाचनमा सामाजिक सञ्जालका माध्यमबाट मतदाता शिक्षा प्रदान गर्ने, निर्वाचनसम्बन्धी जानकारी, सूचना एवम् गतिविधि सम्प्रेषण गर्ने र सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति, अपव्याख्या, डिप फेक , झुटो साइट वा एकाउन्ट, निन्दा वा मानहानी लगायतका विषयमा अनुगमन गरी गैरकानुनी कार्यलाई कानुन बमोजिम दण्डित गर्न नियामक निकायहरूसँग सहकार्य गर्ने नीति आयोगले लिएको छ। यसै सन्दर्भमा यो हप्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक मेटा तथा टिकटकका प्रतिनिधिसँग संवाद भएको छ भने मेटा, टिकटक, एक्सलाई पत्राचार समेत गरिएको छ। यसका अतिरिक्त आयोगमा सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तरगत रहेर कार्य गर्नेगरी सूचना सदाचार प्रवर्द्धन एकाईले कार्य प्रारम्भ गरेको छ भने सामाजिक सञ्जाल अनुमगन सफ्टवेयर  लाई प्रयोगमा ल्याएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया