काठमाडौँ- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँको सिंहदरबारस्थित मुख्य द्वारअगाडि रहेको उनको शालिकमा पुष्प तथा माल्यार्पण गरिएको छ।
सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, कमल थापालगायत शीर्ष नेताहरू, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो। उनीहरूले पृथ्वीनारायण शाहका साथै पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर राखिएको ब्यानर बोकेका थिए।
पृथ्वी जयन्तीको अवसरमा देशका विभिन्न स्थानमा पनि विविध कार्यक्रम आयोजना गरिएको छ।
सो अवसरमा पूवप्रसेनापति राजेन्द्र क्षेत्री र प्यार जंग थापाले पनि पृथ्वीनारायण शाहको शालिकमा पुष्प तथा माल्यार्पण गरेका थिए।




![भावी प्रधानमन्त्रीज्यूलाई दोस्रो पत्र [कविता]](https://www.sajhasarokar.com/wp-content/uploads/2026/03/sushmaacharya-300x200.jpg)