विराटनगर/
दोस्रो प्रहरी महानिरीक्षक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता-२०८२ मा तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै टिम द्वितीय हुन सफल टिम मेनेजर, टिम प्रशिक्षकलाई र खेलाडीलाई तारकेश्वर नगरपालिकाले सम्मान गरेको छ।

नगरपालिको सभा हलमा आयोजित कार्यक्रममा मेयर कृष्णहरि महर्जन, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, वडा २ का वडाध्यक्ष एवं नगर प्रवक्ता राजकृष्ण खड्गी, प्रशासकीय शाखा प्रमुख शम्भुप्रकाश शर्मा र नगरपालिकाका कानुनी सल्लाहकार रामहरि नेपालले खेलाडीसहित टोलीलाई सम्मान गरे।

पुस २० र २१ गते भएको सो प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी र अफिसियलको आर्थिक व्ययभार नगरपालिकाले नै व्यहोर्ने गरी बजेट उपलब्ध गराएको थियो भने भविष्यमा यिनै खेलाडीबाट राष्ट्रिय टोलीमा पुग्ने खेलाडीलाई तारकेश्वर नगरपालिकाको ब्रान्ड एम्बेसडर तोकिने र विद्यालयमा सय प्रतिशत शुल्क छुटसहित पढाउने व्यवस्था गरिने मेयर महर्जनले जानकारी गराए। तारकेश्वर नगरपालिकाका नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले कार्यक्रम सञ्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया