काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका थलीमा बसको ठक्करले एक युवतीको मृत्यु भएको छ। बा ५ ख २५६२ नम्बरको सार्वजनिक बसले ३–०१ ०१३ प ९५४ नम्बरको स्कुटरमा सवार २४ वर्षीया आयुसा सिंखडालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बौद्ध ट्राफिक प्रहरीले जनायो।उनी थलीकै बासिन्दा हुन्। घटनापछि स्थानीयले सडक अवरोध गरेर विरोध गरिरहेका छन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।
थलीमा बसको ठक्करले युवतीको मृत्यु





