मेष
कृषि, पशुपालन तथा साना तिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा विशेष सावधानी अपनाउनु होला । बेकारको विवादमा फसिने सम्भावना छ, त्यसैले बोल्दा धैर्य गर्नु उत्तम हुनेछ । व्यापारमा भने फाइदा हुने देखिन्छ । पेशागत रूपमा केही समस्या आउन सक्छ । मुद्दा मामिलामा पर्न सकिने र अनौठा समाचार सुन्न पाइने योग छ ।
वृष
कामकाजमा केही समस्याको सामना गर्नुपर्ला । गलत लेनदेनका कारण अप्ठ्यारो आउन सक्छ । जागिरमा सम्मान प्राप्त हुनेछ । व्यापारमा गरिएको लगानी सन्तोषजनक रहनेछ । अरूबाट प्रशंसा पाइने हुँदा मन हर्षित रहनेछ । सामाजिक कामबाट पनि प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्ने समय छ ।
मिथुन
मनमा हौसला बढ्नेछ । पराक्रम वृद्धि हुनेछ र अधुरा काम पूरा हुनेछन् । त्यसै त्यसै मन हर्षित हुनेछ । वैदेशिक क्षेत्रमा गरिएको लगानीले फाइदा दिने देखिन्छ । पढाइमा प्रगति र कृषि व्यवसायमा पनि नाफा हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुनेछ । खुसीको खबर पनि पाउने योग छ ।
कर्कट
सामान्यतया लाभदायक दिन रहनेछ, तर कृषिजन्य पेशा वा व्यवसायबाट सोचेजस्तो फाइदा नहुन सक्छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यका साथ काम लिनुपर्ने समय छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । अल्झिएका कामहरू अरूको सहयोगमा सम्पन्न हुनेछन् । अप्रत्याशित लाभ तथा टाढाको यात्राको योग पनि रहेको छ ।
सिंह
खर्च बढ्ने, गलत विचार र विवाद बढ्ने तथा काममा अवरोध आउनाले धनहानि हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुहोला । पीडा दिने व्यक्तिहरू सक्रिय रहन सक्छन् । व्यर्थको खर्च बढ्ने भएकाले खर्च घटाउने प्रयास गर्नुहोला । खानामा लापरवाही गरे रोग लाग्ने सम्भावना छ ।
कन्या
अधुरा कामहरू पूरा हुनेछन् । अरूको विश्वास आफूतर्फ रहनेछ । आफन्तको राम्रो सहयोग प्राप्त हुनेछ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको प्रशंसा ठूला व्यक्तिबाट हुनेछ । नयाँ कामको थालनी हुने योग छ । रोकिएका काम सम्पन्न हुँदा आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजय तथा अन्न लाभ पनि हुनेछ ।
तुला
अर्थ लाभका अवसर आउनेछन् । तीर्थव्रत तथा देवालय भ्रमणको योग छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । आफूले सोचेभन्दा बढी लाभ हुन सक्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन जानेछ । दिन सामान्य नै रहनेछ । आफन्तसँगको भेटघाटले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहनेछ ।
वृश्चिक
रमणीय र सुखद यात्राको योग छ । जीवन साथी तथा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । कामहरू सजिलै सम्पन्न हुनेछन् । टाढाको यात्राको योग छ भने व्यापारबाट सामान्य नाफा हुनेछ ।
धनु
पढाइ लेखाइमा ध्यान दिन कठिन हुनेछ । धन सम्पत्तिको हानि हुने सम्भावना छ, त्यसैले सतर्क रहनुहोला । घरेलु समस्याले सताउनेछ । मित्र बनेर धोका दिनेहरू सक्रिय हुन सक्छन् । शारीरिक स्वास्थ्य कमजोर रहन सक्छ । धनमाल हराउँदा मानसिक पीडा बढ्न सक्छ, सजग रहनुहोला ।
मकर
नोकरी तथा राजनीतिमा मान सम्मान पाउने योग छ । अरूको मन जित्न सकिनेछ । नसोचेको धन लाभ हुन सक्छ । तर साना तिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ आउन सक्छ । काम बिग्रने तथा रुपैयाँ पैसाको लेनदेन खासै राम्रो नहुने देखिन्छ ।
कुम्भ
सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका कामहरू सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष सन्तोषजनक रहनेछ । नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुनेछ । पठन पाठनमा मन जानेछ । घरायसी काममै दिन बित्ने देखिन्छ ।
मीन
व्यापारमा राम्रो धन लाभ हुनेछ । साथीभाइले राम्रो सहयोग गर्नेछन्, तर आफन्तको सहयोग भने कम मिल्न सक्छ । पढाइमा प्राप्त हुने सफलता निरन्तर रहनेछ । व्यापारको सफलता पनि यथावत् रहनेछ । साथीभाइसँग भेटघाट हुनेछ । नयाँ कामका योजनाहरू बन्ने सम्भावना छ । काममा जोश र जागर बढ्नेछ तथा आर्थिक लाभ पनि हुनेछ ।





