काठमाण्डौ – विशेष अदालतले काठमाण्डौ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित सबैलाई सफाइ दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले ढल निर्माणमा भ्रष्टाचार नगरेको ठहर गर्दै परियारसहित सबैलाई सफाइ दिने फैसला गरेको हो ।

फैसलामा आधार कारणसमेतबाट प्रतिवादीहरू प्रदीप परियार, रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरी उपरको आरोपदाबी पुष्टि हुन नसकेको हुँदा प्रतिवादीहरूले आरोप दाबीबाट सफाई पाउने उल्लेख छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहितको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको दाबी थियो ।

तपाईको प्रतिक्रिया