मेष
केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ ।
वृष
साथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।
मिथुन
गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छीपनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्याउनु होला ।
कर्कट
आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ । प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ । तपाइको वुद्दीको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ, अन्नको लाभ पनि होला ।
सिंह
परिश्रम गर्न सके जती खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ । कसैबाट समर्थन पनि पाइएला । रुपैया पैसा कमाइने दिन छ, पुराना साथीसँगको भेटघाटले मन रमाउने छ ।
कन्या
अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला । परिवारमा हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला तर पनि सामाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ । अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ । आज रमाइलो यात्राको योग पनि रहेको छ ।
तुला
सोचे अनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला । आज तपाइलाई सामान्य रोगले सताउला, सावधान रहनु होला । साथै भौतिक सर सामानको पनि क्षति हुने दिन छ ।
वृश्चिक
प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाव होला । सोचेको काम पुरा नहुन सक्छ । विहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ, आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ ।
धनु
शत्रु र रोग पन्छ्याउने उचित समय छ, प्रयास गर्नुहोला । पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ ।
मकर
गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला । कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।
कुम्भ
झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नुहोला । तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।
मीन
केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।





