काठमाण्डौं— प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदोन्नति प्राप्त तीन जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा आईजीपी कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा १ जना, गृहमन्त्रालयको सोही दिनको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट नायब महानिरीक्षक (डिआईजी) पदमा १ जना र प्राविधिक पृष्ठभूमिका वरिष्ठ उपरीक्षकबाट प्राविधिक नायब महानिरीक्षक पदमा १ जना गरी जम्मा ३ जनाको पदोन्नति भएको थियो।

तपाईको प्रतिक्रिया