काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई जना बालबालिकाको ज्यान गएको छ ।

भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ का ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

हिजो बेलुका विद्यालयबाट घर फर्किरहेको अवस्थामा उनीहरूलाई कारले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका सायना र उलियमको उपचारका क्रममा चितवन आज बिहान ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया