काठमाडौं। विश्वकपअन्तर्गत आज भएको खेलमा स्पेनले उरुग्वेलाई १–० गोलले पराजित गरेको छ। स्पेन समूह एचको विजेता बनेको छ भने उरुग्वे विश्वकपबाट बाहिरिएको छ।
स्पेनका लागि एलेक्स बेनाले गोल गरे। यसअघिको खेलमा स्पेनले केपभर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै, साउदी अरबलाई ४–० ले पराजित गरेको थियाे।
तालिकामा स्पेन सात अंकसहित शीर्षस्थानमा छ । यता, उरुग्वेले साउदी अरबसँग १–१ र केपभर्डेसँग २–२ को बराबरी खेल्दै तालिकामा २ अंक जोडेको थियो। तालिकामा दुई अंकमात्रै हुँदा उरुग्वे बाहिरिएको हो।
केपभर्डे र साउदी अरबबीचको खेल गोलरहित बराबरीमा टुंगिँदा केपभर्डेले तीन अंक जोडेको छ। गोल अन्तरका कारण केपभर्डे साउदीभन्दा एकस्थान माथि हुने भएको छ। केपभर्डेले यसअघि स्पेन र उरुग्वेसँग बराबरी खेलेको थियो। तीन अंकसहित साउदी तेस्रो स्थानमा छ।







