विराटनगर : मोरङ प्रहरीले विराटनगरका विवादास्पद व्यक्ति अभिषेक गिरीको घरमा छापा मारेको छ । अवैध हतियार लुकाएर राखिएको आशंकामा शनिबार बिहान झिसमिसेदेखि नै प्रहरीले उनको घरमा सर्च अपरेसन सञ्चालन गरेको हो ।
प्रहरीले गिरीको घरलाई घेरा हालेर विस्तृत खानतलासी गरिरहेको छ । मोरङ प्रहरी स्रोतका अनुसार, विशेष सूचनाका आधारमा घरभित्र हतियार वा शंकास्पद सामग्री राखिएको हुनसक्ने आशंकामा यो कारबाही अघि बढाइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले शंकास्पद वस्तु रहेको आशंकामा खोजी भइरहेको पुष्टि गरेका छन् । उनले विस्तृत विवरण अनुसन्धानपछि मात्रै सार्वजनिक हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया