मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा धर्म कर्ममा रुचि बढ्नेछ । साताको मध्यमा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । साताको अन्तिममा शेयर बजारबाट मनग्य लाभ आर्जन सकिनेछ । अप्ठ्यारो परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा फजुल खर्चबाट बच्नुहोस् । साताको मध्यमा विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ । साथै आध्यात्मिक ज्ञानमा वृद्धी हुनेछ । साताको अन्तिममा व्यावहारिक पक्ष सबल रहनेछ । महत्वपूर्ण योजनाहरूको थालनी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ हुनेछ । व्यापार व्यवसायमा जीवन साथीको साथ मिल्नेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर आहारविहारमा सजगता अपनाउनुहोस् । अरुलाई सल्लाह दिनबाट बच्नुहोस् । साताको अन्तिममा सांस्कृतिक वा धार्मिक संघ समारोहमा सहभागी भइएला । उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा आर्थिक लेनदेन तथा व्यवहारिक निर्णयहरूमा विशेष सतर्कता अपनाउनुहोस् । श्रमको उचित मूल्यांकन नमिल्ला । साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ । साताको अन्तिममा कार्य क्षेत्रमा दोहोराएर कार्य गर्नुपर्ला । कार्य क्षेत्रमा बलभन्दा बुद्धिको उपयोगले कार्य गर्नुहोस् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा पारिवारिक सद्भावमा वृद्धि हुनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । साताको मध्यमा शैक्षिक क्षेत्र फराकिलो हुनेछ । बुद्धिको उपयोगले कार्य सिद्ध गर्न सकिनेछ । साताको अन्त्यमा प्रतिष्ठित कार्य गर्न सकिनेछ । समाजमा मान सम्मान बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा चर्चित कार्य सम्पादन हुनुका साथै नयाँ कार्य तर्फ अग्रसर भइनेछ । समय अनुसार चल्ने प्रयास गर्नुहोस् । साताको मध्यमा व्यापार व्यवसायमा भविष्यलाई लिएर नयाँ योजनाहरू कोरिनेछन् । भौतिक सुख सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । साताको अन्तिममा विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि विदेशतिर जाने मार्ग प्रशस्त हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा आत्मविश्वासमा वृद्धि हुनेछ । आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ । साताको मध्यमा पारिवारिक सद्भावमा मनमुटाव आउनेछ । साताको अन्तिममा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । भावनामा आएर निर्णय नलिनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा आफन्तहरूको सहयोगले कार्य क्षेत्रमा नँया अवसर दिलाउनेछ । सञ्चित धनमा वृद्धि हुनेछ । साताको मध्यमा विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । भाग्यको साथ मिल्नेछ । साताको अन्तिममा प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा सेवामूलक कार्यबाट धेरैको उपकार गर्न सकिनेछ । पद प्रतिष्ठाको मर्यादा बनाएर राख्नुहोस् । साताको मध्यमा बोलिको माध्यमले कार्य सिद्ध हुनेछन् ।परिवारमा जग्गा जमिनलाई लिएर विवाद बढ्ला । साताको अन्तिममा समय र अवस्था विचार गरेर आफ्नो कुरालाई राख्नुहोस् । आफूभन्दा साना भाइबहिनीहरूसंग आत्मयीता बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा उच्चशिक्षाको लागि विदेशतिर ताक्नेहरूलाई उपयुक्त समय रहेको छ । योग्यताको उचित मूल्यांकन हुनेछ । साताको मध्यमा नौकरी वा पेशामा पदोन्नतिका योग छन् । समय अनुसार कामको व्यवस्थापन गर्न सकिनेछ । साताको अन्तिममा सकेसम्म तटस्थ वा शान्त मनले निर्णयहरू लिनुहोला । आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । महत्वकांक्षी योजनाहरू प्रारम्भ हुनेछन् । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । नयाँ लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । साताको अन्तिममा विद्यार्थीहरूलाई आफ्नो प्रतिभाको प्रदर्शन गर्न अवसर मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा नोकरी वा पेशामा प्रभाव बढ्नेछ । शुभचिन्तकहरूको साथ पाइनेछ । साताको मध्यमा परिस्थितिले नयाँ मार्ग तर्फ अग्रसर गराउला । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । साताको अन्त्यमा भौतिक सुख सुविधामा धन खर्च हुनेछ ।





